निड्स नेपाल संस्थाको रजत जयन्ती समारोहमा पत्रकार भास्कर के.सी. सम्मानित

महेन्द्रनगर/फागुन२० । कञ्चनपुरका सुदूरदर्पण दैनिक पत्रिकाका सम्पादक पत्रकार भाष्कर के.सी. सम्मानीत भएका छन् । आईतबार निड्स नेपाल संस्थाको रजत जयन्ती समारोहको अवसरमा पत्रकार केसि लाई सम्मानित गरेको हो।

पत्रकार केसिले सामाजिक रुपान्तरण अभियान अनतरगत उद्यमशीलता, उत्पादन र रोजगारीको क्षेत्रमा पत्रकारिताको माध्यामवाट उल्लेख्य भुमिका निर्वाह गरेको भन्दै दोसल्ला र प्रमाण पत्रले निड्स नेपाल संस्थाको कार्यक्रममा सम्मानित गरेको छ ।

सम्मानीत गरेकोमा निड्स नेपाल संस्थालाई धन्यावाद सहित आफूलाई खुसि लागेको र यो सम्मानले आफुमा थप हौसला उर्जा र जिम्मेवारी थप भएको पत्रकार केसीले बताउनु भयो । 

ताजा समाचार