नगरप्रमुख बोगटीले गरे मल्टिप्रपोज भवनको उद्धघाटन

महेन्द्रनगर/फागुन२० । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले सामुदायिक बहुउद्देशीय(मल्टिप्रपोज) भवनको उद्धघाटन गरेका छन् । आइतबार एक कार्यक्रमका विच भवनको उद्धघाटन गरिएको हो ।

जापान सरकारको (जेएफपिआर) अन्तर्गत एशियाली विकास बैंकको अनुदानमा भीमदत्त नगरपालिका–०४ मा निर्मित उक्त भवनको आइतवार नगरप्रमुख बोगटीले उद्धघाटन गरेका हुन् । महामारी, बाढी, पहिरो लगाएतका विपद्को समयमा स्वास्थ्य संरचना आवश्यक पर्ने कुरालाई मध्यनजर गर्दै निर्माण गरिएको उक्त भवनमा अक्सिजन जडित आइसोलेसन वार्ड,सहितको सुविधा रहेको छ । भवनमा छुट्टाछुट्टै महिलाका लागि ८ शैया र पुरुषका लागि ८ शैया गरी जम्मा १६ शैया रहेका छन् । उक्त भवन पूर्णरुरपमा अपाङगमैत्री समेत रहेको छ ।

भवनका लागि भीमदत्त नगरपालिकाले जग्गा उपलब्ध गराएको थियो । आइतवार उक्त भवनको स्वामित्व नगरपालिकालाई हस्तान्त्ररण समेत समगरिएको छ । भवन निर्माण गरिएकोमा धन्यवाद दिदैँ नगरप्रमुख बोगटीले विपद्का समयमा उक्त भवन तथा संरचना भीमदत्त नगरपालिकालाई ठुलो सहयोग हुने बताए ।

भीमदत्त नगरपालिकामा निर्मित सो भवन प्रसस्त जग्गाका कारण अन्य पालिकाको भन्दा राम्रो रहेको खानेपानी मन्त्रालय खानेपानी तथा ढल व्यवस्थापन विभागका इन्जिनियर किशोर पन्थीले बताए । भीमदत्त नगरपालिका-०४ का वडाध्यक्ष सुशील भट्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगर उपप्रमुख नीलम लेखक जोशी, वडाध्यहरु, खानेपनी विभागका कर्मचारी लगाएतको उपस्थिति रहेको थियो ।

ताजा समाचार