कञ्चनपुर पर्यटन महोत्सवको दोस्रो दिन आज आउने कलाकारहरु

महेन्द्रनगर/फागुन २२ । कञ्चनपुरको महेन्द्रनगर खुलामञ्चमा पर्यटन महोत्सव सुरु भएको छ ।कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा कृषि उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको आधार भन्ने नारा सहित खुला मञ्चमा १५ औं सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सुरु भएको हो ।

कञ्चनपुर क्षेत्र नं. ३ का साँसद पूर्व मन्त्री रमेश लेखकले हिजो सोमबार मेला उद्घाटन गरेको मेला फागुन ३० गतेसम्म मेला सञ्चालन हुनेछ ।

पहिलो दिन महोत्सव उदघाटन भएको थियो । आज दोस्रो दिन आज आउने मेलामा आउने मुख्य कलाकारहरु मिलन नेवार,महेश औजि,मञ्जु पौडेल,मनिस खड्का,मोडेल किरण पन्तको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

संघले विद्यार्थीलाई ५० र अन्यलाई एक सय रुपैँया टिकट लगाएको छ ।मेलामा लघु उद्यम, अटो, कृषि, गार्मोन्टका उत्पादन, वैकल्पिक उर्जा, पर्यटन प्रर्बद्धन, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, कृषि औजार लगायतका विभिन्न वस्तु र सेवाका तीन सय बढी स्टल राखिएका छन् ।

ताजा समाचार