कबड्डी प्रतियोगितामा पत्रकार महिला प्रथम

कञ्चनपुर/फागुन२४। कञ्चनपुर जिल्लामा भीमदत्त नगरपालिकाको आयोजनामा खेलकुद प्रतियगिता तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

महिलामा लगानी: सभ्य र सम्मुनत समाजको थालनी भन्ने मूल नाराका साथ ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा खेलकुद प्रतियगिता भएको हो।

उक्त खेलकुद प्रतियगिता कबड्डी र भलिवल प्रतियोगितामा महिला कर्मचारी,शिक्षक,पत्रकार, जनप्रतिनिधि,आमा समूह,विभिन्न संघ संस्थाका महिलाहरुको पाँच टीम सहभागी भएको थियो ।

उक्त खेल प्रतियगिताको कबड्डीमा पत्रकार महिला प्रथम,कर्मचारी महिला दोस्रो,आमा समूह तेस्रो भएका थिए भने,भलिबल प्रतियगितामा शिक्षक महिलाहरु प्रथम,कर्मचारी महिला दोस्रो, गैर सरकारी संस्थाका महिलाको टीम तेस्रो भएका छन् ।खेलकुद प्रतियगितामा प्रथम हुने खेलाडीहरूलाई पाँच हजार रुपैयाँ पुरस्कार वितरण गरेको थियो ।

कार्यक्रममाको सभाअध्यक्ष उपप्रमुख निलम लेखक जोशी, प्रमुख अतिथी माननीय प्रदेश सभा सदस्य मधु भारती,विशिष्ट अतिथिमा जिल्ला समुन्वय समितिका दुर्गादत्त बोहोरा,जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख गोपाल प्रसाद अधिकारी, प्रहरी कार्यालयका एसपी चक्र राज जोशीलगायत अन्य संघ संस्था,जनप्रतिनिधि,महिलाहरुको सहभागिता रहेको थियो।

ताजा समाचार