रेविज रोग नियन्त्रणका लागि सामुदायिक कुकुरको बन्ध्याकरण

महेन्द्रनगर ।  भीमदत्त नगरपालिकाले रेविज रोग नियन्त्रणका लागी सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ । महेन्द्रनगर बजार क्षेत्रमा रहेका घरपालुवा तथा भुस्याहा (सामुदायिक कुकुर) कुकुरलाई बन्ध्याकरण गरिएको हो ।


रेविज रोग नियन्त्रण तथा सामुदायिक कुकुरको ब्यवस्थापनको लागि बजारमा रहेका छाडा (सामुदायिक) कुकुरको बन्ध्याकरण गरिएको भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले बताए ।

भीमदत्त नगरपालिका पशुपंक्षी विकास शाखाको आयोजना र सिटिभेट क्लिनिक धनगढीको सहकार्यमा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको भीमदत्त नगरपालिका पशुपंक्षी विकास शाखाका चन्द्रकान्त पन्तले बताए ।

उनकाअनुसार करिव १ सय ३० सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । सहरी क्षेत्रमा छाडा कुकुरहरुले झुण्ड बनाएर मानिस तथा पशुमा आक्रमण गर्न थालेपछि न्यूनीकरणको लागि बन्ध्याकरण सुरु गरिएको नगरप्रवक्ता अवस्थीले जानकारी दिए ।

भुस्याहा कुकुरले बाटोमा हिडने मानिस तथा पशुलाई आक्रान्त पारिरहेको अवस्थामा त्यस्ता कुकुरको बन्ध्याकरण गर्नु राम्रो भएको स्थानीयले बताएका छन् । 

ताजा समाचार