भीमदत्त नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मान गरिएको छ ।

भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको भन्दैँ नेपाल नगरपालिका संघले उत्कृष्ट नगरपालिका पुरस्कार प्रदान गरेको हो ।

संघको ३१ औँ वार्षिकोत्सवमा भीमदत्त नगरपालिकालाई उक्त पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कार भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले ग्रहण गरेका छन् ।

ताजा समाचार