बेलडाँडीमा स्वास्थ्यकर्मी थापाद्वारा नि:शुल्क स्वास्थ्य शिविर, ९२ सेवाग्राहीको उपचार

बेलडाँडी/फागुन३० । बेल्डाँडी गाउँपालिकाका स्वास्थ्यकर्मी प्रकाश थापाद्वारा शनिबार आयोजित नि:शुल्क स्वास्थ्य शिविरबाट ९२ सेवाग्राहीले उपचार पाएका छन्। 

बेलडाँडी गाउँपालिका वडा नं ५  कार्यलयको प्राङ्गणमा वडा नं ५ संग समन्वय गरि बेलडाँडीका स्वास्थ्यकर्मी अ.हे.व प्रकाश थापाले नि:शुल्क स्वास्थ शिविर सञ्चालन गरेको हो ।

स्वास्थ्यकर्मी थापाका अनुसार, ब्लड प्रेसर, ब्लड सुगर, ज्वरो र रुघाखोकी जस्ता सामान्य चेक जाँच गर्ने ९२ जना सेवाग्राहीले उपचार पाएको जनाएका छन् ।

जस मध्य १५ जनालाइ उच्चरक्तचाप र २१ जनालाइ मधुमेह रोग भेटिएको थियो । उक्त रोग देखापरेका बिरामीलाई मधुमेह र उच्च रक्तचापले हाम्रो शरीरमा गर्ने हानी को बारेमा जानकारी दिएर समयमै स्वास्थ्यको ख्याल गर्नुहोस भनी आवश्यक  सुझाब सल्लाह दिएको थापाले बताएका छन्  ।

थापाले आफ्नो जन्मदिनको अवसरमा मंगलवारका दिन बिहान १०:०० बजे देखि बेलुका ४:०० बजे सम्म नि:शुल्क स्वास्थ शिविर सञ्चालन गरेका थिए । स्थानियहरु नि:शुल्क स्वास्थ उपचार गर्न पाउँदा एकदम हर्षित भएका थिए।

थापाले विगतदेखि यस्तै विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहेका छन् ।

ताजा समाचार