चैत्र ६ गतेदेखी सातौं शुक्लाफाँट पर्यटक महोत्सब हुने 

महेन्द्रनगर /चैत ४। कञ्चनपुर जिल्लामा सातौ शुक्लाफाँटा पर्यटन महोत्सवको आयोजना हुने भएको छ ।

विगतको वर्ष झैं यस वर्ष पनि भीमदत्त नगरपालिकाले आर्थिक सम्वृद्धीको आधार पर्यटन विकास र पूर्वाधार भन्ने मुल नाराका साथ पर्यटकहरु भित्र्याउनका निमित्त चैत्र ६ गतेदेखी ८ गते सम्म सातौ शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरेको हो ।

उक्त पर्यटन महोत्सवको पहिलो दिन चैत्र ६ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र रहेको रानी ताललाई सरसफाई  गरी कार्यक्रमको उदघाटन गरिने, दोस्रो दिन सिमा नाका गड्डाचौकीमा सरसफाई कार्यक्रम गर्ने र भारतबाट भएर आउने पर्यटकहरुलाई स्वागत गर्ने , अन्तिम दिन चैत्र ८ गते बाह्रसिङगा मैत्रीपूर्ण फुटबल लगायत विभिन्न कार्यक्रमको आयोजना गरी महोत्सव गरिने भएको छ । 

भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा  पर्यटकहरु भित्र्याउन र यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको पहिचान गर्नका निम्ति महोत्सवको आयोजना गरिएको भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले बताएका छन् ।

 शुक्लाफाँटामा घुम्न आउने पर्यटकहरुलाई ५० प्रतिशत छुटको व्यवस्था रहेको र उक्त क्षेत्रमा दुर्लभ विभिन्न किसिमका बाह्रसिंगे,हात्ती गैंडा,बाघ,चितुवा,गोही,बाँदर लगायतका बज्यजन्तु,वनस्पति पाइनुका साथै रमणीय पर्यटकीय स्थल रहेको आयोजकले जनाएको छ।

ताजा समाचार