भुमि आयोग कञ्चनपुरले गरेको प्रगति,जनता बन्दै जमिनको मालिक

कञ्चनपुर/चैत४। कञ्चनपुरमा राष्ट्रिय भूमि आयोगले दुई बर्षको अवधिमा २ सय ६३ जना किसानलाई लालपुर्जा वितरण गरेको जनाएको छ ।आइतवार कञ्चनपुर भुमि आयोगले पत्रकार सम्मेलन गर्दै हाल सम्म गरेको प्रगति प्रतिवेदन सार्वजानिक गरेको हो ।

उक्त कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष देवेन्द्र ढुङ्गानाले दुई बर्षको अवधिमा जिल्लाका चार पालिकामा लालपुर्जा वितरण शुरु गरिएको बताए । उनका अनुसार दोधाराचाँदनी नगरपालिका २४, बेदकोट नगरपालिका ८५, कृष्णपुर नगरपालिका ६७ र शुक्लाफाँटा नगरपालिका ८७ किसानले लालपुर्जा पाएका छन ।

अध्यक्ष ढुङगानाले बेदकोट नगरपालिका ५ मा ९, कृष्णपुर नगरपालिका ६ र बेलौरी नगरपालिका २३ किसानलाई वितरणकोे तयारी रहेको बताए । उनका अनुसार हालसम्म भीमदत्त नगरपालिका ४, ११, १४, १५, १७ वडामा ७० हेक्टर जमिन, बेदकोट नगरका ९ बाहेक सबै वडामा १हजार ९सय२४ हेक्टर, कृष्णपुर नगरपालिका १, २, ३, ४, ८ र ९मा २ हजार ३० हेक्टर जमिन, शुक्लाफाँटा नगरपालिका १, २, ३ र ९मा ८सय १६हेक्टर जमिन नापजाँच भएको र १२मा जारी रहेको बताए । दोधाराचाँदनी नगरपालिका ८ नम्बर वडामा ५सय ५२हेक्टर जमिन नापजाँच सम्पन्न गरेर ३, ५, ९ र १०वडामा जारी रहेको बताए । बेलौरी नगरपालिका ४, ८ र १० नम्बर वडामा १३हेक्टर जमिन नापजाँच गरिएको बताए । पुर्नवास नगरपालिका ४देखि ११नम्बर वडामा १सय २५हेक्टर जमिन नापजाँच गरिएको छ । बेलडाँडी गाँउपालिका सबै वडाहरुमा १हजार ४सय १३हेक्टर जमिन नापजाँच भएको छ । लालझाडी गाँउपालिकामा ४, ५ र ६नम्बर वडामा २१ हेक्टर जमिन नापजाँच भएको छ ।

आयोगले यस अघि भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासीको फारम संकलन गरेको थियो । जसमा भीमदत्त नगरपालिका ८ हजार ९२, बेदकोट नगरपालिकामा ९हजार ५३२,कृष्णपुर नगरपालिकामा १६ हजार,बेलडाँडी गाँउपालिकामा ४हजार ७५५, लालझाडी गाँउपालिकामा ४ हजार ५८१, बेलौरी नगरपालिकामा ५ हजार ६०६, पुनर्वास नगरपालिकामा ८हजार ४०६, १२५, शुक्लाफाँटा नगरपालिकामा ११हजार, ८३६ र दोधाराचाँदनी नगरपालिकामा ३ हजार ९९७ गरेर जम्मा ७२ हजार, ९३०जनाले फारम भरेका थिए । उनीहरूले पनि अब छिट्टै लालपुर्जा पाउने अध्यक्ष ढुङगानाले जानकारी दिएका छन्।

ताजा समाचार