कञ्चनपुर /चैत४।भारतको चंडीगढ़ विद्या ज्योति एदुवेर्सिटीले पढाइसँगै रोजगारी दिँदै आएको छ।
पढाई संगै कमाइ भए बिद्यार्थी लाइ पढ्न सहज हुने भएकाले जुनसुकै ठाउँका १२ पास गरेका विद्यार्थीले उच्च शिक्षा हासिल गर्नका लागि भारतको पंजाब राजाधानी स्थित चंडीगढमा रहेको चंडीगढ़ विद्या ज्योति एदुवेर्सिटीले उच्च शिक्षा दिने भएको छ ।
गरीब,जेहेन्दार विद्यार्थीहरुको लागि विशेष प्रकारको छुट उपलब्ध गराउने र रोजगारी समेत दिँदै आएको कलेजका निर्देशक सहानीले बताएका छन् ।निर्देशक सहानीका अनुसार,उक्त क्याम्पसमा स्नातक देखि स्नाकोत्तर सम्म पढाई हुने विभिन्न विषयहरू होटल म्यानेजमेन्ट, विविए, वि.कम, विसिए, चाईल्ड केयर, टुरिज्म, रेडियोलोजि, फेशन डिजाईनर, मेडिकल ल्याब, माईक्रोबाईलोजी, जर्नलिज्म एमकम लगायतका विभिन्न विषयमा पढाईहुँदै आई रहेको छ ।
उनले भने,”गरिब, जेहेन्दार विद्यार्थीको लागि कमाएर आफ्नो पढाई खर्च गर्नको लागि पढाइ अनुसार रोजगारको अवसर समेत रहेको र उक्त कलेज बाट विदेशमा पढ्न चाहने विद्यार्थीलाई विदेशमा समेत पढाईने व्यवस्था रहेको बताए । त्यहाँ उच्च शिक्षा हासिल गर्नको लागि जुलाई, अगस्टमा भर्ना गर्न समेत जानकारी दिएको छ ।
उक्त कलेजमा नेपालबाट नी धेरै विद्यार्थीहरु अध्ययन गर्न गएका छन्जसमा भीमदत्त नगरपालिकामा रहेको सिटिजन ईन्टरनेशनल होटल म्यानेजमेन्ट कलेजबाट अध्ययन गरेका १५ जना बिद्यार्थी समेत उक्त कलेजमा अध्ययन गर्न गएको सहानीले बताएका छन् ।
