महिलाहरुको स्थान सुनिश्चितता गर्न महिलावादीको मेची महाकाली यात्रा शुरु

कञ्चनपुर, ५ चैत्र । महिलावादीको मेची महाकाली यात्रा शुरु भएको छ । सोमबार महेन्द्रनगरको मदनचोकमा महिला अधिकारकर्मीको उपस्थितिमा कञ्चनपुर र झापादेखि एकसाथ महिलावादीको मेची महाकाली यात्रा अभियान शुरु भएको हो ।

महिलाको हक अधिकारका साथै महिलामाथि हुने हिन्सा न्यूनिकरणका लागि टेवा नेपालको आयोजनामा पश्चिम नेपाल महाकाली कञ्चनपुर र झापादेखि एकसाथ अभियान शुरु भएको महिला अधिकारकर्मी माया नेगीले बताएकी छन् । 

उनका अनुसार,महिला हकहित र हिन्सा रहित समाज निर्माणका साथै सरकारमा महिलाहरुको स्थान सुनिश्तिता गर्ने उदेश्यका साथ देशका दुई स्थानबाट शुरु गरिएको अभियान ८चैत्र नवलपुरमा पुगेर समापन गरिने बताइन् ।

उक्त अभियानमा महिला अधिकारकर्मीहरुले लोक देउडा खेलेर विदाई तथा स्वागत गरिएको थियो ।

ताजा समाचार