क्याप्टेन उप्रेतीको ‘दुर्गम विस्मयलोक–भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ पुस्तकमाथि विमर्श

कञ्चनपुर/चैत ७ क्याप्टेन वेद उप्रेतीको ‘दुर्गम विस्मयलोक–भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ पुस्तकमाथि विमर्श गरिएको छ । आज बुधबार कञ्चनपुरको महेन्द्रनगर म्युजियममा उनको पुस्तकमाथि विमर्श गरिएको हो ।

उक्त पुस्तकमा सुदूरपश्चिमका पर्यटकीय स्थल र पर्यटनका सम्भावनाहरूलाई शब्द चित्रमार्फत झल्काएको छ । पुस्तक १२० पृष्ठको छ । पुस्तकमा पर्यटकीय वास्तविक परिदृश्य स्थलको विकासपछिको अवस्थाको कल्पना गरिएका ९४ ओटा तस्बिर समावेश छन् ।

क्याप्टेन उप्रेतीले प्रदेशका प्रत्येक जिल्लाका पर्यटकीय स्थल र यहाँका सम्भावनाबारे पुस्तकमा झल्काएको बताएका छन्।

पुस्तक विमर्श कार्यक्रम क्याप्टेन बेद उप्रेतीको अध्यक्षतामा प्रमुख अतिथी भीमदत्तका नगरपालिकाका नगरप्रमुख पदम बोगटी, विशिष्ट अतिथिमा वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा, जिल्ला समन्वय समितिका दुर्गादत्त बोहोरा, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी,पत्रकार,राजनीतिदल,विभिन्न संघ संस्थाका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार