मुलुकमा काण्डैकाण्डले संकट निम्त्याउदैँ : पुर्व उपप्रधानमन्त्री महतो

महेन्द्रनगर । कञ्चनपुर । पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले मुलुकमा काण्डैकाण्डले संकट निम्त्याएको बताएका छन । बिहीबार कञ्चनपुरको महेन्द्रनगरमा एक कार्यक्रमको सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री महतोले मुलुकमा काण्डैकाण्डले संकट निम्त्याएको बताएका हुन ।

राष्ट्रिय मुक्ति क्रान्ति महेन्द्रनगर ब्यूरोले बहुलराष्ट्रिय राज्य नेपाल स्थापनार्थ सम्बाद कार्यक्रमका प्रमुख अथिति समेत रहेका महतोले सुनदेखि भुटानीशरणार्थी, ललितानिवास सहितका थुप्रै काण्डले विकास स्थिरता, सुशासन कमजोर बनाएर जनतालाई निरासा बनाएको बताए । ‘सत्ता संचालन गर्ने नै काण्डमा मुछिने, बचाउने खेलमा लागेका छन, ‘उनले भने, ‘जब रक्षक नै भक्षक भएपनि जनता अधिकारबाट बञ्चित हुँदै गएका छन ।’

राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक समेत रहेका महतोले संविधानमा बहुलवाद राखिएपनि त्यसको अन्तर चरित्र अर्के भएकाले अझैपनि मधेशी, थारु, दलित सहित उत्पिडित समुदायका जनता अधिकारबाट बञ्चित भएको बताए । देश र जनताको पक्षमा भन्दा आफ्नो हितका लागि काम गर्ने प्रवृतिले जनता राजनीतिप्रति निरास भएको बताए । ‘अब राजनीतिक आस्था भन्दा माथि उठेर काम गर्नुको विकल्प छैन, ‘उनले भने, ‘जनता यि दलहरुलाई पत्याउनेवाला छैनन् ।’संविधानले आफ्नो काम सुल्टो नभई उल्टोबाटोतर्फ गरिरहेको समेत आरोप लगाएका छन ।

आफुले विगतमा संसदबाटै भ्रष्टाचार, राष्ट्रघातीको पहिचान गरेर टुडिखेलमा ल्याएर झुड्याउन आब्हान गरेपनि उक्त विषयमा सरकारले पहल नै नगरेको दुखेसो पोखे । कार्यक्रममा पिछडावर्ग महासंघ सुपका अध्यक्ष राम सोगारथ ठाकुर, समान नेपालका संयोजक सिमरन चौधरी, राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा नेताद्वय रविदत्त मिश्र, ओम प्रकास यावद सहितले धारणा राख्दै मधेशीथारु, दलित समुदायको अधिकार सुनिश्चित गराउनुपर्नेमा जोडदिए । राष्ट्रिय मुक्ति क्रान्ति कञ्चनपुरका नेता रामकिशन रानाको अध्यक्षतामा भएको कार्यक्तमको संचालन राष्ट्रिय मुक्ति क्रान्ति कञ्चनपुरका अर्का युवा नेता अम्बादत्त तिवारी संचालन गरेका थिए ।

ताजा समाचार