नेविसंघ जनज्योती क्याम्पसको सभापतीमा अवस्थी चयन

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ जनज्योती बहुमुखी क्याम्पसको सभापतीमा पवन प्रसाद अवस्थी चयन भएका छन् ।

आइतवार सम्पन्न भेलाबाट क्याम्पस सभापतीमा अवस्थी चयन भएका हुन् ।

नेपाल विद्यार्धी संघका केन्द्रिय सदस्य इन्द्र साउँद, सञ्जय अधिकारी, मनोज भट्ट, सुदूरपश्चिम विश्व विद्यालय केन्द्रिय क्याम्पस पूर्व इकाई सभापती राजेश राज पन्त, जिल्ला अध्यक्ष नरेश पण्डित , जिल्ला उपाध्यक्ष सुरज भट्ट, जिल्ला सचिव पंकज भट्ट, जिल्ला सहसचिव तिलक पाण्डेय (रोहित), जनज्योति बहुमुखी क्याम्पस पूर्व सभापती कृष्ण देव जोशी लगाएतको उपस्थितिमा अवस्थी नेतृत्वको समिति चयन गरिएको बताइएको छ ।

ताजा समाचार