कञ्चनपुरमा रानाथारु समुदायले धुमधामका साथ मनाए खख्डेहरा

 कञ्चनपुर/चैत१९ कञ्चनपुर भीमदत्त नगरपालिका वडा नं १९ को बागफाटाका रानाथारु समुदायले आज खखडेहरा पर्व मनाएको छ।

आज सोमबार भीमदत्त नगरपालिका वडा नं १९ को बागफाटाको पञ्च कृति बैजनाथ माध्यामिक विद्यालयमा रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा पर्व मनाएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा माननीय प्रकाश रावल, बिशिष्ट अतिथि भीमदत्त नगरपालिका प्रमुख पदम बोकटी, उपप्रमुख निलम लेखक जोशी,अतिथि सुदुरपस्चिम थारु विकास मञ्चको अध्यक्ष दानि राना लगायत वडा अध्यक्ष,पत्रकार, जनप्रतिनिधिलगायत स्थानीयहरुको उपस्थिती रहेको थियो।

सुदुरपस्चिम थारु विकास मञ्चको अध्यक्ष दानि रानाले एक महिना लामो समयसम्म मनाइने होरी पर्वको अन्तिम दिन होली लाई समापन गर्न रानाथारु समुदायले खखडेहरा मनाउदै आएको बताएका छन्।

उनले, उक्त पर्व सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा रहेका थारु समुदायले होलीलाई अरु भन्दा भरक किसिमले वर्षौं देखि उत्सवका साथ सबै घर परिवार, आफन्त एकठाउँमा भेला भै पूजा पाठ गरी खानपिन,नाचगान गरेर मनाउँदै आएको बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथी माननीय प्रकाश रावलले राना थारू समुदायको महत्त्वपूर्ण पर्व खखडेहराको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको र आफ्नो परम्परा देखिको चालचलन रीतिरिवाजलाई जगेर्ना गर्न यस्ता पर्वहरू भब्यसाथ मनाउनु पर्ने र यस पर्वको लागि आफूबाट हुने साथ सहयोग पहल गर्ने बताएका छन् ।

यसै गरी उक्त कार्यक्रममा भीमदत्त नगरपालिका उप प्रमुख निलम लेखकले राना थारु समुदायको पर्वलाई अझै व्यवस्थित भव्य रूपमा मनाउन आफूबाट हुने साथ सहयोग सधैं गर्ने प्रतिबद्धता जनाएकी छन् ।उक्त कार्यक्रम नाचगान,खानपिन गरेर भव्यसाथ सम्पन्न भएको थियो ।

ताजा समाचार