नमस्ते शुक्लाफाँटा यातायात प्राली ले सुविधायुक्त बस सेवा संञ्चालन गर्दै

महेन्द्रनगर । नमस्ते शुक्लाफाँटा यातायात प्राली ले सुविधासम्पन्न बस संञ्चालनमा ल्याउने भएको छ ।

यात्रु तथा महेन्द्रनगर आउने पर्यटकहरुको सुविधा तथा आरामदायी यात्रालाई मध्यनजर गर्दै भोली(शुक्रवार) देखी महेन्द्रनगर–काठमाण्डौँ सुविधा सम्पन्न बस संञ्चालनमा ल्याइने नमस्ते शुक्लाफाँटा यातायात प्रालीका वरिष्ठ उपाध्यक्ष सुरेश खड्काले बताए ।

उनकाअनुसार बसभित्रै अरामदायी सोफा सेट सिट, ट्वाइलेट, वासरुम, सिसि क्यामेरा, मोवाइल चार्ज, एसि लगाएतका सुविधा रहेका छन् । उक्त सुविधा सम्पन्न बसको औपचारिक शुरुवात शुक्रवार एक कार्यक्रमका विच गरिने बताइएको छ ।

ताजा समाचार