नेविसंघद्धारा महाकाली अस्पताल परिसरमा सरसफाई (फोटोमा हेर्नुहोस्)

महेन्द्रनगर । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ कञ्चनपुरले अस्पताल परिसरमा सरसफाई गरेको छ ।

शुक्रवार नरेश पण्डित नेतृत्वको नेविसंघ कञ्चनपुरले महाकाली प्रादेशिक अस्पताल परिसरमा सरसफाई गरेको हो ।

अस्पताललाई सुन्दर सफा राख्नुपर्छ भन्ने उद्देश्यले अस्पताल परिसरमा रहेको फोहोर तथा झाडी सरफाई गरिएको नेपाल विद्यार्थी संघ कञ्चनपुरका सभापती पण्डितले बताए ।

सरसफाई कार्यक्रमका महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण भट्ट, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य एवम् महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य इन्द्र साउँद, नेविसंघ केन्द्रिय सदस्य सञ्जय अधिकारी लगाएतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

नेपाल विद्यार्थी संघ कञ्चनपुरले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आइरहेको छ ।

ताजा समाचार