एनएमबी बैंक महेन्द्रनगर संपदा संरक्षणको साथमा

बिश्व सम्पदा दिवशको अवसरमा रामनवमीको दिन पारेर एनएमबि बैंकले देशभरी बिभिन्न स्थानमा एनएमबि ११औं सम्पदा यात्रा सम्पन्न गरेको छ । त्यही अवसरमा शुदुरपश्चिम प्रदेशको महेन्द्रनगरमा पनि एनएमबि बैंकका कर्मचारीहरुले सम्पदा संरक्षण सम्बन्धी बिभिन्न प्लेकार्ड बोकेर पदयात्रा सम्पन्न गरेका छन्। सो पदयात्रा महेन्द्रनगरको एनएमबि बैंकको शाखाबाट शुरु भएर मदन चोक, भानुचोक, ट्राफिकचोक र दशरथचोक हुदैं श्री सिद्घनाथ मन्दिरमा गएर सम्पन्न भएको थियो ।

उक्त अवसरमा बैंकका कर्मचारीहरुले मन्दिर परिसर सरसफाई साथै उक्त मन्दिरलाई केहि थान सरसफाईका सामग्रीहरु हस्थान्तरण गरिएको थिए ।

एनएमबि बैंकले भि.न. पा. ४ स्थित श्री बैजनाथ मन्दिरलाई भक्तजनको सुबिधाकालागी भनेर एक थान पानी ट्यांकी पनि हस्थान्तरण गरेको कुरा उक्त कार्यक्रमका टिमलिडर अन्जु भट्टले जानकारी दिएका छन् ।

ताजा समाचार