भीनपा-६ स्थित नवनिर्मित राम-जानकी मन्दिरको प्राण प्रतिष्ठा गरियो

महेन्द्रनगर । भीमदत्त  नगरपालिका-०६ स्थित राम-जानकी मन्दिरको  प्राण प्रतिष्ठा एवम अनावरण गरिएको छ ।

बुधवार भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशीको प्रमुख आतिथ्यतामा नवनिर्मित राम-जानकी मन्दिरको प्राण प्रतिष्ठा गरिएको हो ।

मन्दिरको प्राण प्रतिष्ठा पश्चात् नगर उपप्रमुख जोशीले सबैले आफ्नो धर्म, कला सस्कृती जगेर्ना गर्न लाग्नु पर्ने बताइन । “पछिल्लो समय युवा पुस्ता आफ्नो कला सस्कृती, धर्म बिर्सदै गइरहनु भएको छ ।” उनले भनिन “त्यसैले सबैले आफ्नो धर्म, कला, सस्कृती जगेर्ना गर्न लाग्नु पर्छ ।”

उनले अगाडि भनिन् “हाम्रो कला सस्कृती, धर्महरुको जगेर्नाका लागि नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको छ । आगामी दिनमा समेत थप कार्यक्रम संचालन गर्ने प्रतिवद्वता व्यक्त गर्दछु ।”

ताजा समाचार