तीन सय भन्दा बढी विद्यार्थीलाई दिक्षित गर्दै सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह सम्पन्न

कञ्चनपुर/वैशाख९: सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह सम्पन्न भएको छ।

आज आइतबार तीन सय भन्दा बढी विद्यार्थीलाई दिक्षित गर्दै सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह सम्पन्न गरेको हो ।

स्नातक र स्नाकोत्तर उत्तीर्ण गरेका एक हजार ३ सय ३७ विद्यार्थी मध्ये ३ सय ७६ जना विद्यार्थीले दिक्षित गरेको छ । जस मध्ये कृषि विज्ञान संकायमा ३० जना विद्यार्थी, शिक्षा संकायका १०० जना, इन्जिनियिङ्ग संकायका १७ जना,मानविय संकायका ६८ जना, ब्यवस्थापन संकायका १३९ जना,विज्ञान तथा प्रविधि संकायका २२ जना विद्यार्थीहरु रहेका थिए ।

उक्त दीक्षान्त समारोहमा ९ जना विद्यार्थीले गोल्डमेडल,१ जना विद्यार्थीले चान्सलर र १ जना विद्यार्थीले भ्वाइस चान्सलर पदक पाएका छन् ।

उक्त कार्यक्रममा प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा कुमाउ विश्वविद्यालयका कुलपति दिवान सिह रावतको प्रमुख आतिथ्यमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ सहितको सहभागिता हुने रहेको थियो।

सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएका विद्यार्थीहरु पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । र उनले, पेलेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन् ।

२०६७ सालमा स्थापना भएको विश्वविद्यालयले पहिलो पटक २०७४ सालमा दीक्षान्त समारोह आयोजना गरेको थियो।

ताजा समाचार