बेदकोट ४ बैतडामा बाघको आतंक : एक लाखको नोक्सानी

सन्तोष धानुक:वैशाख २७ बिहीबार/ कंचनपुरको बेदकोट नगरपालिका वार्ड न ४ बैतडामा बुधबार राती करिव २ बजे तिर बैतडामा ३ वटा बाख्रा बाघले खाएको छ ।

बुधबार बैतडाका स्थानिय अमर धामी ,राकेश धामी र सन्तोष धानुक को घर नजिकैको बाख्रा खोरमा पसेर बाघले करिव एक लाख बराबरको क्षेती पुर्याएको दैजी अस्थाइ बिटका इन्चार्ज गणेश साउदले बताएका छ्न। बिहीबार स्थानिय जनप्रतिनिधि सहित घटना स्थलमा मा पुगेका हुन।

गत साता सोहि ठाउँका स्थानिय उत्तम बोहराका ५ वटा बाख्रा पनि खोरभित्र पसेर बाघले खाएको सोही ठाउँका स्थानियहरुले बताएका छ्न। अधिकांशको जिविको पार्जन गर्ने श्रोत पशुपाल र कृषि पेशा नै हो तर बिडम्बना कृषि गर्दा जंगलीजनावरहरु गाउँ पसेर बाली नालिको नास गर्ने र पशुपालन गर्दा जङ्गलि जनावरकै सिकार हुने भएकाले कृषकहरु निराश भएका छ्न।

पछिल्लो समय बाघले बाख्रा, सुंगुर जस्ता घर पालुवा जनावरहरूलाई घरमै आएर खाएको र मानिसहरूलाई समेत आक्रमण गर्ने प्रयास गरेको स्थानिय हरुले बताएका छन् ।भने बाघ लाई नियन्त्रण र क्षतिपूर्तिको माग सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन।

अहिलेको समयमा नेपालका अधिकांस बनजङ्गलमा आगलागी र डढेलोका कारण जंगलि जनावरहरुको वासस्थान र चर्ने वननष्ट हुदा जंगली जनावरहरु गाउँ भित्र पस्ने गरेको पाइन्छ । मानिसहरुमा जनचेतनाको कमिका कारणले
वन जंगलमा आगलागी भैरहेको छ।

ताजा समाचार