निजि विद्यालयहरुको स्थलगत अनुगमन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले निजि विद्यालयहरुको स्थलगत अनुगमन थालेको छ । निजि विद्यालयहरुले शैक्षिक शुल्क वृद्धि गरेको गुनासो आएपछि नगर प्रमुख पदम बोगटी नेतृत्वको टोलीले विद्यालयहरुको स्थलगत अनुगमन गरेको छ ।

निजि विद्यालयहरुले चालु शैक्षिक सत्रमा शुल्क वृद्धि गरेको गुनासो आएपछि नगरपालिकाले अनुगमन गर्न लागेको नगरप्रमुख बोगटीले बताए । ‘निजि विद्यालयहरुले यो शैक्षिक सत्रमा शुल्क वृद्धि गरेको गुनासो आएपछि सर्वपक्षिय बैठकबाट वृद्धि गरेको शुल्क घटाएर गत वर्ष (२०८० सालकै) शुल्क लिने सहमती भइसकेको छ ।’

उनले भने ‘हाल नगरपालिकाले शुल्क वृद्धि लगाएत विद्यालयको शैक्षिक गतिविधि, भौतिक संरचना, विद्यार्थी संख्या, शिक्षक, शिक्षिकाको संख्या तथा विद्यालयको समग्र अवस्थाको अनुगमन गरिरहेको छ ।’

निजि विद्यालयहरुको ग्रेडिङ गर्ने र सोही अनुसार शुल्क निर्धारण गर्ने गरी कार्य भइरहेको भीमदत्त नगरपालिका सामाजिक विकास समितिका संयोजक एवम् भीमदत्त नगरापलिका–४ का वडाध्यक्ष्य सुशिल कुमार भट्टले बताए ।

महङगी, शिक्षकको सेवा सुविधा, गुणस्तरीय शिक्षा, शिक्षकको तलव वृद्धि लगाएतका कारण गत वर्षको शुल्कमा ५ देखी १० प्रतिशत मात्र शुल्क बढाएको थियौँ, अब सर्वपक्षिय बैठकको निर्णयअनुसार शुल्क निर्धारण गर्ने विद्यालय संञ्चालकहरुले बताए ।

ताजा समाचार