महिलाहरुलाई आत्मनिर्भर बनाउन साबुन बनाउने तालिम

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ ले महिलाहरुलाई आत्मनिर्भर बनाउन साबुन बनाउने तालिम दिएको छ ।

बैशाख २७ गतेदेखी शुरु भएको उक्त तालिम बुधवार नगर प्रमुख पदम बोगटीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । घरायसी स्रोत साधन प्रयोग गरी झोल र डल्लो साबुन बनाउन तालिम दिइएको बताइएको छ ।

सिकेको सीपलाई व्यवहारमा लागु गर्न नगरप्रमुख बोगटीले प्रशिक्षार्थीलाई आग्रह गरे । ‘यो तालिमबाट सिकेको सीपलाई व्यहारमा लागु गर्नुहोला ।’ उनले भने ‘आगामी दिनमा पनि हामी यस्ता सीपमुलक कार्यक्रम ल्याउने छौँ ।’

कार्यक्रममा सहभागी तथा प्रशक्षिकहरुलाई बधाई, दिदैँ वडाध्यक्ष सुशिल कुमार भट्टले विपन्न, दलित, एकल, गरिव, महिलाहरुलाई आत्मनिर्भर बनाउन वडा कार्यालयले प्रत्यक वर्ष विभिन्न सीपमुलक कार्यक्रम आयोजना गर्दै आइरहेको बताए ।

यस्तै उनले सिकेको सीपलाई व्यवहारमा लागु गरे मात्रै उक्त कार्यक्रमले सार्थकता पाउने बताए ।

ताजा समाचार