भीमदत्त नगरपालिका–११ भुजेला आर्याघाटमा मलामी प्रतिक्षालय निर्माण हुदैँ

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेला स्थित आर्याघाटमा मलामी प्रतिक्षालयको निर्माण कार्य शुरु भएको छ । विहिवार वडाध्यक्ष प्रकाश थापाले उक्त प्रतिक्षालयको शिलान्यास गरेका हुन् ।

भुलेला आर्याघाट आसपास मलामीहरुका लागि बस्ने प्रतिक्षालय नहुदाँ गर्मी तथा वर्षायाममा थुप्रै समस्या भोग्नु परेको कुरालाई मध्यनजर गर्दै मलामी प्रतिक्षालय निर्माण गरिन लागिएको वडाध्यक्ष थापाले बताए ।

उनका अनुसार आर्याघाट नजिकै पिपलको रुखरहेको क्षेत्रमा रामेश्वर शिव लिङग मन्दिर समेत निर्माण गर्न लागिएको छ ।

ताजा समाचार