प्यारातालमा पर्यटकको आकर्षण बढाउन भागेश्वर सुगर मिलले जरायोको प्रतिमा निर्माण गर्दै

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास स्थित भागेश्वर सुगर एण्ड केमिकल इन्डष्ट्रीले नागरिक स्तरबाट पर्यटन बिकासको पहल सुरु गरिएको प्यारा ताल परिसरमा जरायोको स्तम्भ निर्माण गरि दिने भएको छ ।

कञ्चनपुरको दक्षिणी क्षेत्रमा स्थापित भागेश्वर सुगर एण्ड केमिकल इन्डष्ट्रीले तालको पर्यटन बिकासका लागि सुरु गरिएको नागरिक अभियानलाई सघाउदै प्यारा ताल परिसरमा जरायोको प्रतिमा निर्माण गरि दिने भएको छ ।

प्यारा तालको पर्यटन बिकासको अभियानलाई सफल बनाउन भागेश्वर सुगर एन्ड केमिकल इन्डष्ट्रीका प्रबन्ध निर्देशक लालबहादुर बोगटी संग शुक्रबार सहमति भएको प्यारा ताल पर्यटन प्रबर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतले बताए ।

तालको पर्यटन बिकासका लागि गत असार २६ देखि नागरिक स्तरबाट अभियान संचालन गरिएको छ । हाल सम्म प्याराताल परिसरमा सेल्फी स्पट , कछुवा , ओद , माछा र पानीको फोहराको जग निर्माणको कार्य सम्पन्न भइ सकेको छ । गोहि , मयुर र कमलको फुलको प्रतिमा निर्माण भइ रहेको संरक्षण समितिका सचिव प्रेमप्रसाद जैसीले बताए ।

प्याराताल परिसरमा पर्यटकहरुको आकर्षणका लागि निर्माण गरिने जरायोको प्रतिमा अनुमानित रु १ लाख ३० हजार लागतमा निर्माण गरिने समितिका अध्यक्ष बस्नेतले बताए ।

ताजा समाचार