नेपाल लोकतान्त्रिक खेलकुद संघ कञ्चनपुरको अध्यक्षमा केसी

महेन्द्रनगर । नेपाल लोकतान्त्रिक खेलकुद संघ कञ्चनपुर जिल्ला अध्यक्षको जिम्मेवारी राजेन्द्र केसीले पाएका छन् ।

शुक्रबार नेपाल लोकतान्त्रिक खेलकुद संघको विधान २०७९ भाग ६ को २६ बमोजिम लोकतान्त्रिक खेलकुद संघ कञ्चनपुरको अध्यक्षमा केसीलाई मनोनीत गरिएको छ।

नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देबेन्द्र कुमार शेरचनले केसीलाई जिल्ला अध्यक्षमा मनोनित गरेका हुन् ।

जिल्ला अध्यक्षमा मनोनित भएपछि यतिबेला केसीलाई आफन्त साथिभाईले समाजिक संजालमा बधाई दिइरहेका छन् ।

ताजा समाचार