चुरेको दुर्गमबस्ती आईढुङग्रा गाँउमा पानीको मुहान सरक्षण


कञ्चनपुर, जेठ १२
डडेल्धुरा चुरे क्षेत्रमा रहेको एक दुर्गम बस्तीमा पानीको मुहान सरक्षण गरिएको छ ।

परशुराम नगरपालिका ८ आईढुङग्रामा खानेपानीको मुहान सरक्षण गरिएको हो । गाँउमा खानेपानीको अभाव भएपछि मुहानबाट फुट्ने पानी सरक्षण गरिएको छ । चुरे सरक्षण सञ्जाल नेपाल(कञ्चनपुर)ले आईढुङग्रा गाँउमा स्थानीयको खानेपानी र करेसाबारीमा सिँचाईका लागि पानी स्टोरका लागि ट्याङकी निर्माण गरेको छ ।
बेलौरीगडा खानेपानी आयोजना निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर नेगीले चुरे सरक्षण सञ्जाल नेपालले पानी स्टोरका लागि ट्याङकी निर्मांण गरिदिएको बताए । उनले परम्परागत रुपमा मुल फुटने पानीको मुहान सरक्षणका लागि मुहानबाट पानी स्टोर गर्न ट्याकी निर्माण गरिएको बताए । उनका अनुसार मुल मुहानबाट पाईप जडान गरेर छान्ने र त्यहाँबाट ट्याङकीमा स्टोर गरेर गाँउमा वितरण गरिने बताए । अध्यक्ष नेगीले झण्डै ५ हजार लिटर पानी स्टोर हुने पक्की ट्याङकी निर्माण गरिएको बताए ।
आईढुङग्राका स्थानीय ईन्द्र नेगीले मुहान सरक्षण गरिएपछि ट्याङकीमा स्टोर गरिएको पानी सिधै पाईपबाट घरघरसम्मै जडान गरिएको बताए । ‘पहिले हामीले पानी ल्याउन मुहानसम्मै आउनुपथ्यो, ‘उनले भने, ‘अहिले मुहान सरक्षण गरिएपछि सिधै घर घरमै पुगेको छ, हामीलाई पिउनदेखि दैनिक कामकाज गर्न सुविधा भएको छ ।’ उनले थपगाँउमा यसरी नै पानी विस्तारमा माग अघि सारेका छन ।
चुरे सरक्षण सञ्जाल नेपालका व्यवस्थापक करन भट्टले प्राकृतिक मुहान पहिचान गरेर जनतालाई खानेपानी र घरसायी सहित समान्य कृषि प्रयोजनका लागि सुविधायुक्त बनाउन मुहान सरक्षण गरिएको बताए । उनका अनुसार प्राकृतिक मुहानबाट पानी छानेर सिधै ट्याङकीमा स्टोर गरिएको र त्यहाँबाट वितरण गरिएको बताए । भट्टले तराई भूपरिधी कार्यक्रम(ताल)को सहयोगमा चुरे गाँउमा ट्याङकी निर्माण गरिएको बताए । चुरे सरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवरले चुरे क्षेत्रमा रहेका नागरिक र चुरेका प्राकृतिक मुहान सरक्षण गरेर जैविक विविधता सरक्षण गर्ने उदेश्यका साथ मुहान सरक्षण गर्दै पानी स्टोरका लागि ट्याङकी निर्माण गरिएको बताए । अध्यक्ष कुँवरले चुरेका प्राकृतिक स्रोत सरक्षण गर्दै नागरिकलाई समेत चुरे सरक्षण प्रर्बद्धनमा टेवा पु¥याउने उदेश्यका साथ ट्याङकी निर्माण गरिएको बताए । उनका अनुसार उक्त पानी स्टोरबाट एकातिर प्राकृतिक मुहान सरक्षण अर्कातिर नागरिकलाई सुविधा भएको छ । चुरेका अन्य गाँउबबस्ती वन जंगलमा रहेका प्राकृतिक स्रोत साधन सरक्षणका थप सरक्षणका कार्यक्रम अघि बढाईने बताए ।

ताजा समाचार