नगर प्रमुख बोगटीको एक्सन जारीः भीमदत्तले आफ्नो स्वामित्वमा लियो स्विमिंङ्ग पुल (फोटोमा हेर्नुहोस्)

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले यति बेला अवैध तथा अतिक्रमण जग्गा खाली गर्ने तथा आफ्नो स्वामित्वमा लिने कार्य तिव्र रुपमा गरिरहेको छ । मंगलवार होटेल ओपेराले नगर विकास समितिबाट लिजमा लिएर बनाएको स्विमिंङ्ग पुलमा समेत डोजर चलाइएको छ । सोमवार होटेल ओपेराका संञ्चालकले उक्त संरचनाको साँचो नगरपालिकालाई हस्तान्त्ररण गरेको थियो ।

आज –मंगलवार) नगरपालिकाले ओपेरा होटेल तर्फका सम्पूर्ण प्रवेश द्धार बन्द गरी स्विमिंङ्ग पुल र सवारी पार्किङको अगाडीको पर्खाल भत्काएर उक्त जग्गा र संरचाना पूर्णरुपमा आफ्नो स्वामित्वमा लिएको छ ।

अब उक्त स्विमिंङ्ग पुल तथा साँचो बुझाएका अन्य संरचना सबै संरचना भत्काउने वा नगर विकास समितिले सर्वसाधारका लागि संञ्चालन गर्ने वा टेण्डर प्रक्रियामा जाने विषयमा सर्वदलिय बैठकबाट निर्णय गर्ने तयारी रहेको भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले बताए ।

‘स्विमिंङ्ग पुल भत्काएनन् भन्ने बजारमा कुरा उठिरहेका छन् । उक्त स्विमिंङ्ग पुल अब होटेल ओपेराको रहेन अब त्यो संरचना भीमदत्त नगर विकास समितिको सम्पती भइसक्यो यो बुझन जरुरी छ ।’ उनले भने ‘अब नगर विकास समितिले सर्वदलिय बैठक राखेर स्विमिंङ्ग पुल वा अन्य साँचो बुझाएका संरचना यदि नगरवासीलाई आवश्यक हो भने नगर विकास समितिले आफै संञ्चालन गर्ने वा ठेक्का आह्वान गर्ने वा आवश्यक रहेनछ भने भत्काउने निर्णय गरी भत्काउछौँ ।’ उनले अगाडी भने ‘कसैलाई ऐन कसैलाई चैन हुदैँन, भन्ने विश्वासका साथ सबैले नगरप्रमुखज्यू तथा नगरपालिकालको यो कार्यमा सहयोग गर्न हार्दिक अनुरोध गर्दछौँ ।’

पहिलो चरणमा भीमदत्त नगरपालिका–४ स्थित पुरानो वसपार्क क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनामाथि डोजर चलाइएको छ । करिब १० विघा जमिनमा अतिक्रमण गरेर निर्माण गरिएका निजी संरचना खाली गराउन थालिएको हो । सो क्षेत्रमा तत्कालिन महेन्द्रनगर नगर विकास समितिका विभिन्न अध्यक्षहरुले फर्जी लिजमा जग्गा वितरण गरेका थिए । यसअघि नगरपालिकाकाले जिल्ला मालपोत कार्यालय, राजश्व र यातायात कार्यालय अगाडी रहेका अवैध संरचना समेत भत्काइसकेको छ ।

ताजा समाचार