हावाहुरीले रुख ढल्दा कञ्चनपुरमा एक महिलाको मृत्यु

कञ्चनपुर/जेठ २३। कञ्चनपुरमा हावाहुरीका कारण ढलेको रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ । 

बुधबार साँझ आएको हावाहुरीले दोधारा चाँदनी नगरपालिका वार्ड नं ४ बडुवाल टोलमा घर बाहिरको सिसमको रुखले च्यापिएर सोही ठाउँकी अन्दाजी ४५ वर्षीय हिरा बडुवालको मृत्यु भएको हो ।

राती हावाहुरी चलिरहेका बेला बाहिर रहेका बाख्रालाई ल्याउन जाने क्रममा आँगनमा रहेको रुखले च्यापिएर उनको मृत्यु भएको आफन्तले जनाएका छन् ।

ताजा समाचार