राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको कञ्चनपुर शाखा गठन

कञ्चनपुर – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको कञ्चनपुर शाखा गठन भएको छ । आइतबार ७ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो। 

उक्त समितिको अध्यक्षमा चन्द्रकान्त जोशी, उपाध्यक्षमा महादेव अवस्थी, सचिवमा सुजित रमेश सिनाल, कोषाध्यक्षमा भुपेन्द्र वली, सदस्यमा प्रकाश भट्ट,  ईश्वरी नेगी र कल्पना साउद चयन भएका छन्। 

त्यसैगरी नवनिर्वाचित अध्यक्ष जोशीले समूहको विधि विधान र नीति भित्र रहेर जिल्लाको महत्पूर्ण क्षेत्रहरूको प्रचारप्रसार गर्न यहाँका स्थानीय सरकार र पत्रकार महासंघसंग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

ताजा समाचार