नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिमको अध्यक्षमा सुनार

महेन्द्रनगर । नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा शिवराज सुनार निर्वाचित भएका छन् ।

शनिवार भएको संघको निर्वाचनमा सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा सुनार १४१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्दी लाल बहादुर धामीले जम्मा ८९ मत मात्र प्राप्त गरे ।

अध्यक्ष सुनार सुदूरपश्चिम प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख समेत हुन् । प्रभावकारी जनस्वास्थ्य सेवा, व्यवसायीक हकहित, जनस्वास्थ्यकर्मीको दक्षता, क्षमता र व्यवसायिकता अभिवृद्धि गर्ने लगाएतका काम गर्ने योजना रहेको अध्यक्ष सुनारले बताए ।

यस्तै संघको उपाध्यक्ष भूपेन्द्र सिंह महरा, सचिवमा नृपराज डंगौरा निर्वाचित भएका छन् ।

ताजा समाचार