तरुण दल कञ्चनपुरद्वारा वृद्वाश्रममा फलफुल तथा खाद्यान्न सहयोग

महेन्द्रनगर । नेपाल तरुण दल कञ्चनपुरले वृद्वाश्रममा फलफुल तथा खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

मंगलवार भीमदत्त नगरपालिका-०५ बनगाउस्थित महिला तथा वृद्व सेवा केन्द्र वृद्वाश्रमलाई फलफुल र खाद्यान्न सामाग्री सहयोग गरिएको नेपाल तरुण दल कञ्चनपुरका अध्यक्ष महेश चन्दले बताए ।

साउन १५ खिर खाने दिनको अवसर पारेर वृद्वाश्रममा रहेका वृद्ववृद्वाहरुका लागि फलफुल र खाद्यान्न सामाग्री सहयोग गरिएको अध्यक्ष चन्दले बताए ।

नेपाल तरुण दलका केन्द्रिय सदस्य आशिष खत्री, श्यामसुन्दर ठकुराठी, नेपाल विद्यार्थी संघ कञ्चनपुरका सभापती रमेश चटौत लगाएतका नेताहरुको उपस्थितिमा उक्त सामाग्री सहयोग गरिएको थियो ।

नेपाल तरुण दलले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

ताजा समाचार