महेन्द्रनगर । नेपाली कांग्रेसले पहिलो पटक सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएको छ ।
कांग्रेसले उक्त मन्त्रालयमा बहादुर सिंह थापालाई पठाएको छ । सोमवार मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारमा थापा अर्थमन्त्री नियुक्त भएका हुन् ।
यसअघि कांग्रेसले सुदूरपश्चिममा अर्थ मन्त्रालयको जिम्मेवारी पाएको थिएन । प्रदेश सभाको पहिलो निर्वाचन यता २०७४ फागुन ६ देखी २०७७ पुस २२ गते सम्म माओवादी केन्द्रका झपट बहादुर बोहरा, २०७८ बैशाख २२ देखी २०७८ भदौँ २२ गते सम्म एमालेका प्रकाश बहादुर शाह, २०७८ असोज १ देखी २०७८ चैत २५ सम्म एमालेका तारालामा तामाङ सुदूपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री भए ।
यस्तै २०७८ चैत २५ देखी २०७९ पुस २८ सम्म नेकपा एकिकृत समाजवादीका प्रकाश रावल, २०७९ माघ २७ देखी २०८० फागुन २४ सम्म नेकपा एकिकृत समाजवादीका नरेश कुमार शाही, २०८० फागुन २५ देखी २०८१ बैशाख ६ सम्म नागरिक उन्मुक्तीका घनश्याम चौधरी, २०८१ जेठ २८ देखी २०८१ असार २० सम्म एमालेका सुरेन्द्र पाल र २०८१ साउन १० देखी २०८१ साउन २० सम्म माओवादी केन्द्रका अक्कल बहादुर रावल आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए ।
२०८१ साउन २१ सोमवार देखी आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका बहादुर सिंह थापाले पाएका छन् ।