इन्जिनियर्स एसोशिएसनको निर्वाचनः सुदूरपश्चिम प्रदेशमा जोशीको नेतृत्वमा सिडेनको प्यानल चुनावी मैदानमा

महेन्द्रनगर । इन्जिनियरहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनका लागि नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले सुदूरपश्चिम प्रदेशमा नविनराज जोशी नेतृत्वको प्यानल चुनावी मैदानमा उतारेको छ ।

सिडेनले लामो वर्ष इन्जिनियरिङ अनुभव भएका जोशीको नेतृत्वमा सुदूपश्चिम प्रदेशमा प्यानल बनाएर चुनावी प्रचार–प्रसार शुरु गरेको छ । भदौ २८ गते ३४ औं केन्द्रिय कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि इन्जिनियरिङ एसोसिएसनको निर्वाचन हुँदै छ ।

सोही निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सिडेनका तर्फबाट सभापती जोशी, उपसभापतीमा प्रकाश उप्रेती, सचिवमा सरोज देउवा, सह–सचिवमा सौरभ कलौनी, कोषाध्यक्षमा कलेन्द्र खड्का चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तै सदस्यमा सन्तोष चन्द, करण बहादुर धामी, जनक बहादुर खड्का, रमन बडेला, इश्वर ओझा, खडक बहादुर रोकाया, फणिन्द्र मडै, मनोरम जोशी, हेमराज भण्डारी र राजेन्द्र साउँद सिडेनका तर्फबाट उम्मेद्धार बनेका छन् ।

शनिवार एक कार्यक्रमका विच महेन्द्रनगरमा रहेका इन्जिनियरहरु संग सिडेनका उम्मेद्धवारहरुले भेटघाट तथा छलफल गरेका छन् । उक्त कार्यक्रममा सभापती पदका उम्मेद्धवार जोशीले समग्रमा इन्जिनियरहरुको पेशागत हक, अधिकार, पेशागत समस्या समाधान लगाएतका क्षेत्रमा काम गर्न सिडेनका उम्मेद्धवारहरुलाई विजयी गराउन आग्रह गरे ।

कार्यक्रममा केन्द्रिय सदस्य पदका उम्मेद्धवार पूर्ण कुवँरले स्थानिय तहमा कार्यरत इन्जिनियरहरुले थुप्रै समस्या भोग्नु परेको भन्दैँ ती समस्या केन्द्रमा पु¥यायर्दै समाधान गर्न आफ्नो उम्मेद्धवारी रहेको बताए । सिडेनले केन्द्रमा सुवासचन्द्र बरालको नेतृत्वमा प्यानलको घोषणा छ ।

ताजा समाचार