दोधारा चाँदनीमा एक पुरुष घाँटी रेटिएको अवस्थामा मृत फेला

प्रकाशित मिति:

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका–५ सेरा टोलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
स्थानीय लिला राम सुनार (अन्दाजी ५० वर्ष) आफ्नै घरको कोठाभित्र घाँटी रेटिएको अवस्थामा मृत फेला परेको नेपाल प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का उठाउने तथा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रहरीले मृतककी यशोदा सुनारलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ। यद्यपि उक्त घटना कसले, किन र कसरी गराएको हो भन्ने विषय हालसम्म पुष्टि हुन नसकेको प्रहरीको भनाइ छ।

घटनास्थलमा भान्साघरमा प्रयोग हुने चक्कु पनि फेला परेको प्रहरीले जनाएको छ।
वडाध्यक्ष केशव खत्री का अनुसार उनीहरू पहिले सम्बन्ध विच्छेद ९डिभोर्स० भएर छुट्टिएका थिए। पछि भने दुवै जना फेरि सँगै मिलेर बस्दै आएको उनले बताएका छन्।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

ताजा समाचार