नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो ।
महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५१ हजार ३० रुपैयाँ निर्धारण गरिएको छ । सुनसँगै चाँदीको मूल्यमा पनि आज वृद्धि देखिएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ सय ४० रुपैयाँले बढेर ५ हजार १ सय ५० रुपैयाँ पुगेको छ । हिजो आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो । आज १० ग्राम चाँदीको मूल्य भने ४ हजार ४ सय १५ रुपैयाँ कायम गरिएको छ ।
सुनको मूल्य वृद्धि, प्रतितोला २ लाख ९२ हजार ८ सय पुग्यो
प्रकाशित मिति:



