कञ्चनपुरमा फरार २ अभियुक्त पक्राउ

प्रकाशित मिति:

कञ्चनपुर। चोरी र कर्तव्य ज्यान मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चोरी मुद्दामा ३ महिना कैद सजाय, १५ हजार जरिवाना र अन्य चोरी मुद्दामा ३ महिना कैद सजाय तोकिएको पुनर्वास नगरपालिका–१० बिकासबस्ती बस्ने २६ वर्षीय महेश राना र कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय र ५० हजार जरिवाना तोकिएको लालझाडी गाउँपालिका–१ नौरङगा बस्ने ३३ वर्षीय सेवराज राना रहेका छन्।

जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार