डडेल्धुरामा रुखबाट लडेर एक महिलाको मृत्यु

प्रकाशित मिति:

डडेल्धुरा। डडेल्धुरामा रुखबाट लडेर एक महिलाको अकालमा मृत्यु भएको छ।

जिल्लाको अजयमेरु गाउँपालिका–१ खतेडा निवासी ३७ वर्षीया लक्ष्मी भण्डारीको रुखबाट खसेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार भण्डारी सोमबार (आज) आफ्नै घर नजिकै रहेको डालेघाँसको रुखमा स्याउला (घाँस) काट्ने क्रममा अचानक सन्तुलन गुमेर रुखबाट खसेकी थिइन्। रुखबाट खसेर गम्भीर घाइते भएकी उनलाई तत्काल उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याउनासाथ चिकित्सकहरूले चेकजाँच गरी उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार