जाजरकोटमा हाइस दुर्घटना: ७ जना घाइते

प्रकाशित मिति:

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–८ चौखे ढुङ्गास्थित मध्यपहाडी सडक खण्डमा आज बिहान एक हाइस (फोर्स) गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। छेडागाड नगरपालिका–१३ कार्कीगाउँबाट नेपालगञ्जतर्फ जाँदै गरेको लु.प्र. ०१००१ ख ०१९७ नम्बरको गाडी बिहान अचानक दुर्घटनामा परेको हो। बिहान करिब ८ बजे दुर्घटनाको खबर पाउनासाथ प्रहरी चौकी जगतीपुरबाट खटिएको टोलीले घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो। घाइते सबै जनालाई तत्कालै एम्बुलेन्समार्फत जिल्ला अस्पताल जाजरकोट पुर्‍याएर उपचार सुरु गरिएको छ भने अस्पतालले घाइते सबैको अवस्था अहिले खतरामुक्त रहेको जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधिरकुमार खड्काका अनुसार गाडीमा सवार कुल ८ जनामध्ये २६ वर्षीय चालक खिमराज केसी सकुशल रहेका छन् भने अन्य ७ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा परी घाइते हुनेहरूमा भेरी नगरपालिका–७ का २७ वर्षीया भावना बिक, २६ वर्षीय आशिष बिक, २८ वर्षीया तिर्सना बि.क. र २५ वर्षीया लिला बिक रहेका छन्। त्यस्तै भेरी नगरपालिका–९ का २२ वर्षीय कमल परियार र २६ वर्षीय कमल राज घर्ती तथा भेरी नगरपालिका–१० की २७ वर्षीया तुल्सा मल्ल शाही पनि दुर्घटनामा घाइते भएका छन्। दुर्घटना कसरी र के कारणले भएको हो भन्ने सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार