एसियन गेम्स छनोट : नेपाललाई इन्डोनेसियाको ११४ रनको चुनौती

प्रकाशित मिति:

काठमाडौैं । मलेसियामा जारी एसियन गेम्स छनोट अन्तर्गत महिला क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि १ सय १४ रनको मध्यम लक्ष्य पाएको छ। वायुमास ओभल मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ रोजेको इन्डोनेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १३ रनको योगफल तयार पार्यो।

इन्डोनेसियालाई मध्यम योगफलसम्म पुर्‍याउन कप्तान नि पुतु आयु नन्दा सकारिनीले उत्कृष्ट इनिङ खेल्दै अविजित ५२ रनको योगदान दिइन्। त्यस्तै, निलु केतुत वेसिका रतना देवीले २३ र नि मादे पुत्री सुवानदेवीले १३ रन जोडे। नेपालका तर्फबाट धारिलो बलिङ गर्दै मनिषा उपाध्यायले २ विकेट लिइन् भने रिया शर्माले १ विकेट आफ्नो नाममा गरिन्।

यसअघि भएको आफ्नो पहिलो खेलमा चीनलाई १९ रनले पाखा लगाएको नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ। आजको खेलमा जित निकाल्न सके नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछ।

छनोट प्रतियोगिताको समूह ‘बी’ मा नेपालसँगै चीन र इन्डोनेसिया रहेका छन् भने समूह ‘ए’ मा आयोजक मलेसिया, हङकङ र थाइल्यान्ड भिड्दै छन्। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन्।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार