प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुहुन्छ, आवश्यक परे जवाफ दिनुहुन्छ: मन्त्री पोखरेल

प्रकाशित मिति:

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाह संसद्प्रति पूर्ण रूपमा जबाफदेही रहेको बताउनुभएको छ। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले आवश्यक परेको खण्डमा प्रधानमन्त्री पुन: सदनमा उपस्थित भएर स्पष्टीकरण दिन तयार रहेको उल्लेख गर्नुभयो।

विपक्षी दलहरूले संसद्मा उठाइरहेका मागका सन्दर्भमा स्पष्ट पार्दै मन्त्री पोखरेलले भन्नुभयो, “प्रधानमन्त्रीज्यू सदनप्रति सधैँ उत्तरदायी हुनुहुन्छ भन्ने कुरा पुष्टि भइसकेको छ। यसअघि पनि उहाँले संसद्मा उपस्थित भएर सांसदहरूका प्रश्नको जबाफ दिइसक्नुभएको छ। आगामी दिनमा पनि आवश्यकता अनुसार उहाँ फेरि सदनमा आएर जबाफ दिनुहुनेछ।”

प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने क्रममा सीमा सम्बन्धी विषयमा विवादित अभिव्यक्ति दिएको भन्दै प्रमुख विपक्षी दलहरूले संसद् अवरोध जारी राखेका छन्। विपक्षी सांसदहरूले प्रधानमन्त्रीले संसद्मै आएर आत्मालोचनासहित जबाफ दिनुपर्ने र उक्त भनाइ संसद्को अभिलेख (रेकर्ड) बाट हटाउनुपर्ने अडान लिइरहेका बेला सरकारका प्रवक्ताको यस्तो धारणा सार्वजनिक भएको हो।

ताजा समाचार