प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रतिपक्षीको अवरोध

प्रकाशित मिति:

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरूले विरोध र अवरोध जारी राखेका छन्। बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्।

संसद्मा प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाइरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले भने प्लेकार्ड (पर्चा) समेत प्रदर्शन गर्नुभएको छ। अघिल्ला दुईवटा बैठकमा अनुपस्थित रहनुभएका सांसद साम्पाङ आजको बैठकमा उपस्थित भई आफ्नै शैलीमा विरोध प्रदर्शनमा उत्रिनुभएको हो।

यसअघि उहाँ अनुपस्थित रहनुभएको बैठकमा प्रधानमन्त्री बालेन शाहले सीमा सम्बन्धी विषयमा दिनुभएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले संसद्मा निरन्तर अवरोध गर्दै आएका छन्। सोही विषयलाई लिएर आज संसद् फर्किएका साम्पाङले पनि विरोधलाई निरन्तरता दिनुभएको हो। प्रतिपक्षीको अवरोधका कारण संसद्को नियमित कार्यसूची अघि बढ्न प्रभावित भएको छ।

ताजा समाचार