कैलालीमा खैरो हेरोइनसहित किशोरी र युवक पक्राउ

प्रकाशित मिति:

कैलाली । कैलालीको धनगढी र लम्कीबाट प्रहरीले प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित एक किशोरी र एक युवकलाई नियन्त्रणमा लिएको छ। बिहीबार बिहान धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदी किनारबाट प्रहरी चौकी त्रिनगरको टोलीले सोही ठाउँकी १८ वर्षीया एक किशोरीलाई १४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।

यसैगरी, कैलालीकै लम्कीचुहा नगरपालिका–६ चैनपुरबाट २१ वर्षीय विकास थापामगर लागुऔषधसहित समातिएका छन्। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले मगरको घरमा खानतलासी गर्दा उनको कोठाबाट २ ग्राम २० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरेको थियो। पक्राउ परेका दुवै जनामाथि लागुऔषध नियन्त्रण ऐन बमोजिम थप अनुसन्धान र कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

ताजा समाचार