उपत्यका ट्राफिक प्रहरी प्रमुखमा एसएसपी सुरेश काफ्लेको काज सरुवा

प्रकाशित मिति:

काठमाडौैैं । प्रहरी प्रधान कार्यालयले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेलाई सुम्पेको छ। प्रधान कार्यालयले एसएसपी काफ्लेलाई उक्त कार्यालयको प्रमुखमा काज सरुवा गरेको हो।

यसअघि गृह सचिवस्तरीय निर्णयबाट मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख रहनुभएका एसएसपी शान्तिराज कोइरालालाई उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सरुवा गरिएको थियो। तथापि, प्रहरी सङ्गठनभित्र कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका अधिकृतलाई सोझै अर्को कार्यालयको प्रमुखमा सरुवा गर्न नमिल्ने आन्तरिक प्रावधानका कारण उक्त निर्णयमा प्राविधिक विवाद उत्पन्न भएको थियो।

सोही विवाद र प्रक्रियागत असङ्गतिका कारण एसएसपी कोइरालाको ठाउँमा एसएसपी काफ्लेलाई काज सरुवा गरी पठाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।

ताजा समाचार