कञ्चनपुर । कञ्चनपुरमा अवैध लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको लालझाडी गाउँपालिका–१, डाँडा बिचुवा बस्ने १९ वर्षीय कृष्ण रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले नियमित जाँच गर्ने क्रममा शनिबार बेलुकी रानाको साथबाट ४१० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो। प्रतिबन्धित पदार्थसहित पक्राउ परेका रानामाथि हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



