कैलालीको लम्कीचुहामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

प्रकाशित मिति:

कैलाली । कैलालीको लम्कीचुहामा गुडिरहेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । लम्कीचुहा नगरपालिका–६ गप्कास्थित खेत जोत्ने क्रममा से २ त ३८०२ नम्बरको ट्याक्टर पल्टिँदा सोही ठाउँका ५० वर्षीय रामलाल थारुको मृत्यु भएको हो ।

प्रहरीका अनुसार थारु सोमबार दिउँसो आफ्नो ससुरालीको खेत जोतिरहेका थिए । सोही क्रममा अचानक ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा परी ट्याक्टरको भागले च्यापिएका थारुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटना लगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । दुर्घटना के कसरी भयो भन्नेबारे प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा समाचार