एमाले अध्यक्ष ओलीद्वारा कार्यकर्तालाई एकजुट हुन आग्रह

प्रकाशित मिति:

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संगठनलाई सुदृढ बनाउन कार्यकर्ताहरूलाई एकताबद्ध भएर जनतामाझ जान आग्रह गर्नुभएको छ। पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएका पूर्वप्रधानमन्त्री ओलीले पार्टीलाई अझ बढी संगठित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। एमाले सचिव एवं कार्यदलका सदस्य महेश बस्नेतका अनुसार बैठकमा हालैका निर्वाचनहरूको समीक्षा, संगठनको पुनर्गठन तथा पार्टीको भावी कार्यदिशाबारे विस्तृत छलफल भइरहेको छ।

ताजा समाचार