अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन्। बजेट निर्माण प्रक्रियासम्बन्धी सूचना चुहावट, करका दरमा हेरफेर तथा राज्यलाई अर्बौँ रुपैयाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्न सहयोग गर्न उनले आग्रह गरेका हुन्।

नेता शाहीले नेपालको इतिहासकै ठुलो वित्तीय अनियमितता वा आर्थिक अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने विषयमा आफूहरू संसद् र संसदीय समितिमार्फत पूर्ण सहयोग गर्न तयार रहेको स्पष्ट पारेका छन्।

पारदर्शिताको विषय उठाउँदै नेता शाहीले कुनै गल्ती नै नगरेको भए छानबिन समिति गठन गर्न किन हिचकिचाहट भन्दै प्रश्न समेत गरेका छन्। उनले भनेका छन्, ‘यदि तपाईँले कुनै गल्ती गर्नुभएको छैन र सबै प्रक्रिया पारदर्शी ढङ्गले सम्पन्न भएको हो भने संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट? सत्य तथ्य बाहिर ल्याउने सबैभन्दा उचित माध्यम निष्पक्ष छानबिन नै हो।’

ताजा समाचार