अमेरिका–इरान ऐतिहासिक सहमति: तेलको मूल्य ह्वात्तै घट्यो!

प्रकाशित मिति:

काठमाडौं । विश्व राजनीति र अर्थतन्त्रमा एउटा ठुलो र सकारात्मक परिवर्तन देखिएको छ। लामो समयदेखि तनावमा रहेका अमेरिका र इरानबीच युद्धविरामका लागि प्रारम्भिक सहमति भएको छ। आइतबार भएको यो ऐतिहासिक सहमति अनुसार, अमेरिकाले इरानमाथि लगाएको आर्थिक नाकाबन्दी हटाउनेछ भने रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको ‘स्ट्रेट अफ होर्मुज’ जलमार्ग पूर्ण रूपमा खुला गरिनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रुथ सोसल’ मार्फत यसको पुष्टि गर्नुभएको छ भने आगामी शुक्रबार स्विट्जरल्याण्डमा यस सहमतिपत्रमा औपचारिक हस्ताक्षर हुने कार्यक्रम छ। इरानको परमाणु कार्यक्रमबारे भने आगामी वार्तामा टुंगो लगाइनेछ।

यो सहमति लगत्तै विश्व बजारमा कच्चा तेलको मूल्य ह्वात्तै घटेको छ। अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य ४ प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल ८३ डलर ७५ सेन्टमा झरेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य पनि करिब ५ प्रतिशतले घटेर प्रतिब्यारेल ८० डलर ८७ सेन्ट कायम भएको छ।

ताजा समाचार