धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) आज सोमबार प्रदेश सभा समक्ष प्रस्तुत गर्दैछ।
प्रदेश सभा सचिवालयले तय गरेको आधिकारिक दैनिक कार्यसूची अनुसार बजेट प्रस्तुतिका लागि सुदूरपश्चिम प्रदेश सभाको आठौँ अधिवेशनको १३ औँ बैठक आज अपराह्न ५:०० बजेका लागि आह्वान गरिएको छ। आर्थिक मामिला मन्त्रीले प्रदेश सभा बैठकमा आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।



